Public Pana
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ

नेपाली कांगैसका महामन्त्री विश्वप्रकाश शर्माले भूकम्पमा नेपालीहरु धेरैको घर भत्किएकाले पुर्ननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।


उनले ‘नेपालमा भूकम्पपछि घर पुनर्निर्माण गर्नुभन्दा घर भत्कनै नदिने भिजन चाहियो । तत्कालै सम्भव नहोला, तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ,’ भने ।


महामन्त्री शर्माले बागलुङमा आज आइतबार प्रेस युनियनले आयोजनाका गरेको पत्रकार सम्मेलनमा आगामी ७ फागुनदेखि सुरु हुने कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारले गरेका कामको गम्भीर छलफल हुने बताए। 


उनले केही राजनीतिक दलहरू मिसन ८४ भन्दै हिडेको हुँदा ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आवश्यक रहेको बताएका छन्। उनले चार वर्षपछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनु नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। 


महामन्त्री शर्माले निर्वाचनको चिन्ता लिनुभन्दा आगामी ०९५ सालसम्म गर्न सकिने विकास निर्माणको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए। 


‘अहिले भइरहेको सरकारको काम सुस्त छ। सरकारमा कांग्रेससमेत छ। हामीले सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ। आगामी फागुनसम्म सरकारको कामले गति लिन आवश्यक छ। नत्र सरकारको गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ,’ शर्माले भने, ‘कांग्रेससमेत क्षेत्रीय र जिल्ला सम्मेलनबाट आफूलाई सुधार गर्दै अगाडि बढ्ने प्रक्रियामा छ। निर्वाचनको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक छ।’  
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update