Public Pana
एमालेको संकल्प यात्रा आज सकियो
फाइल तस्बिर

मध्यपहाडी लोकमार्गकेन्द्रित सङ्कल्प यात्राको अन्तिम दिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर चिवाभञ्याङ पुगेका छन् ।


यात्राको १८ औँ दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै अध्यक्ष ओलीसहितको टोली चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो ।

तर बीचको बाटो कच्ची र फोर ह्विल गाडी मात्रै जाने भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको ओलीको निजी सचिवालयले जनाएको छ ।


यात्राको अन्तिम दिन झन्डै १०१ किलोमिटर दुरीमा यात्रा गर्ने तयारी थियो ।

गाडीबाट छिचोल्न नसकेपछि ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकप्टर प्रयोग गरेका हुन् ।


मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा आज आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ । 


अध्यक्ष ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update