
सहकारी ठगी र वैकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अघि वढ्ने भएको छ। विशेषले आइतबार उक्त मुद्दाको पेशी तोकेर सुनुवाई अघि वढाउन लागेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर,न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा पेशी रहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो ।
विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालित अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दायर गरेको थियो ।
विगभाले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दावी छ ।
तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख ,सहकारीका तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैर कानुनी देखिएको अभियोगपत्रमा दावी गरिएको छ।
कुल विगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दावी गरिएको छ।
विभागले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनी मार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउने गरिएको छ । तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् ।