Public Pana
‘समृद्धिका लागि सङ्कल्प’ नामक एमालेको पदयात्रा आज समापन हुने

नेकपा एमाले गत मङ्सिर १४ गते बैतडीको झुला घाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज आइतबार मध्य पहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ । 


सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो । 


हिजो शनिवार पाँचथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।  

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए ।

मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update