Public Pana
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। 

बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको छ। 

 

संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ। यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ। 

 

प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update