Public Pana
आज राष्ट्रिय झण्डा दिवस

हरेक वर्ष पौष १गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउने चलन छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । यस वर्ष राष्ट्रिय झन्डा दिवसको छैटौँ श्रृखला हो ।

२०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस लगायत फरक फरक मितिमा राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

नेपालको राष्ट्रिय झन्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइने गरिन्छ । राष्ट्रियता र राष्ट्र प्रेमको पूर्नजागरणको सन्देश सहित आज देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेर यस दिवसको मूल सन्देश प्रवाहित गरिन्छ ।

राष्ट्रिय झण्डाको महत्व सदैव अटल रहोस् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update