Public Pana
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । 


राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज शनिबार बिहान शीतलनिवास (राष्ट्रपति निवास) पुगेका थिए।  


भेटवार्तामा राष्ट्रपति र उपराष्ट्रपतिबीच मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update