Public Pana
यातायात व्यवस्था विभागको डिजी हटाइयो,  नयाँ हाकिममा टोकराज पाण्डेय

यातायात व्यवस्था विभागका महानिर्देक सुरेश राउतलाई हटाइएको छ।

कार्यसम्पादन चित्तबुझ्दो नभएको तथा मन्त्रीको स्प्रीरिट अनुसार काम गर्न नसकेपछि हालका डिजी राउतलाई हटाएर नयाँलाई महानिर्देशक बनाउन लागिएको हो ।

सामान्य प्रशासन मन्त्तालयले अवेर राति गरेको १० जना सहसचिवको सरुवामा पर्यटन मन्त्रालयका डा.टोकराज पाण्डेयलाई भौतिक पुर्वाधार मन्त्रालयमा सरूवा गरिएको हो ।

पाण्डेलाई यातायातको महानिर्देशक बनाउन भौतिकमा सरूवा गरिएको र शुक्रबारै मन्त्रालयले उनलाई महानिर्देशकको जिम्मेवारी दिएर पठाउने तयारी भएको हो।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पाण्डेयलाई आजै विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाउने उनका निकटवर्तीहरुले बताएका छन्।

कार्यसम्पादन अलि सुस्त र मन्त्रीको आदेशलाई अटेर गरेकै कारण उातलाई विभागको डिजीबाट हटाइएको मन्त्रालय स्रोतले जानकारी दियो।  राउत करिब ३ महिना अघि मात्र विभाग गएका थिए। 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update