Public Pana
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दाङमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

गएराति घोराही उपमहानगरपालिका–१० धारबैरा चोकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ज्यान गुमाउनेमा प्युठान झिम्रुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षीय विशाल जीसी र नौबिहिनी गाउँपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय सागर केसी रहेका छन् । 

दुर्घटनामा घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पु¥याइएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update