Public Pana
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक

बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मा लाइ पितृशोक परेको छ । डा. शर्माका बुवा ६६ बर्षिय  रामचन्द्र ठाकुरको निधन भएको हो ।

लामो समयदेखी किड्नी तथा मधुमेह रोगबाट ग्रसित ठाकुरको मुम्बईस्थित लिलावती अवस्थामा हिजो राती निधन भएको हो । ठाकुर भारतको रक्षा मन्त्रालयको उच्च पदबाट अवकाश भएका थिए ।

उनी डिफेन्स आइडिओ भएका बेला मुम्बईको कोलाबामा निर्माण भएको आदर्श सोसाइटीले लामो समयदेखी काननुी उल्झन बेहार्नुपरेको थियो ।

अवकाशपछि पनि ठाकुरलाई उक्त प्रकरणमा जोडिएका कारण लामो समयदेखी मुद्धा मामिलामा ठाकुरले हैरानी खेप्नुपरेको थियो ।

ठाकुरकी छोरी डा.नुतन शर्मा हाल नेपालकी चर्चिक स्त्री रोग तबा टेष्ट ट्युव बेवी बिशेषज्ञ हुन भने छोरा नविन ठाकुर हाल एयर एण्डियाको बरिष्ठ पाइलट हुन । 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update