Public Pana
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।


गत बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले जनाएको  छ ।


स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।

१०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । 


कार्यालयका अनुसार बुधबार फर्मको नाममा आएपनि अहिले सबै नखुलेको अनुसन्धानका लागि लागू औषधी विभागमा पठाइएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update