Public Pana
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन

काठमाडाै-आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

 

 

अर्यालका अनुसार शुक्रबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दल दर्ताको निवेदन दिएसँगै निवेदन दिने दलको संख्या १२ पुगेको हो । निवेदनहरुमाथि चाँडै जाँचबुझ गरिने आयोगले जनाएको छ । 

निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् । 

आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि मंसिर २९ सम्मको समय दिएको थियो । १९ पदका लागि माघ ११  गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update