Public Pana
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे

धनगढी-  चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्। 

डा केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए। तर त्यहाँ अनसन बस्न नदिएपछि डा केसीले धर्मशालाबाट अनसन सुरु गरेका  हुन्। 

गेटा मेडिकल कलेजको सञ्चालन लगायत पुराना मागको कार्यान्वयन सहित डा केसीले मुख्य दुई बुँदे माग राखेर अनसन सुरु गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update