Public Pana
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को 

वैवाहिक समारोहमा ५१ जनालाई मात्र सहभागी गराउन सकिने नेपालको कानूनी व्यवस्था छ ।

तर यो कानूनको सरकारमा रहेका नेता, मन्त्री, मेयर मात्र होइन कसैले पनि पालना गरेको छैन । 


आफूलाई सर्वहारा वर्गको प्रतिनिधि भन्ने कम्युनिष्ट प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कानूनविपरीत नातिनीको भड्किलो विवाह गराएका छन् ।


हिजोमात्रै कम्यनिष्ट नेता विरोध खतिवडाले आफ्नी छोरी एंव पूर्व मिस नेपाल श्रृंखला खतिवडाको,कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक सम्भव सिरोहियाको तामझामसहित ह्यात होटलमा विवाह गराएका थिए ।


प्रधानमन्त्री प्रचण्डकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नी छोरी प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग धुमधामसँग गोकर्ण फरेस्ट रिसोर्टमा विहेबारी गराएकी छन् । 


प्रतिभाले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् भने विज्ञानले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर अध्ययन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update