पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ।
घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० २०:१६
प्रतिक्रिया दिनुहोस्