दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ ।
गृह मन्त्रालयले आज शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुकोको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी(पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लाहरुमा पनि सरुवा तथा पदस्थापन गरेको छ ।
प्रशासनलाई प्राप्त विवरणअनुशार चर्चित सहसचिव प्रेम प्रसाद भट्टराई मोरङको सिडिओ भई गएका छन् भने त्यहाँका वीरेन्द्र कुमार यादव गृह मन्त्रालय ल्याइएको छ ।
भट्टराई मंसिर पहिलो साता गृह प्रवेश गरेका थिए । त्यसैगरी सोही लटमा अर्थ र सामान्यबाट गृह पुगेका आनन्द काफ्ले र नारायण प्रसाद अर्याललाई पाल्पा र प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसैगरी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सरुवा भई आएका भरत खनाललाई सिन्धुलीको प्रजिअ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका भोला दाहाललाई जिल्ला प्रशासन कार्यालय गोरखाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।
सोही लटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएकी स्किम श्रेष्ठ भने मन्त्रालयमै पदस्थापन भएकी छिन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।