Public Pana
राजेन्द्र महत्तोले सरकारलाई दिएकाे  सर्मथन फिर्ता लिन माग गरे , प्रचण्डलाई  के हुन्छ ? 

काठमाडौ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसलाले प्रदेश सभा सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिनुपर्ने माग गरेका छन् । 
उनले उक्त फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै यस्तो माग गरेका हुन् । 
महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको दावी गरेका छन् । 
महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरुलाई जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले टिप्पणी गरेका छन् । 
उनले मधेश आन्दोलनका बेला उठाएको एजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रन समेत आग्रह गरे । महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रह समेत गरेका छन् । 
‘..सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ ।

May be an image of map and text

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update