Public Pana
सात महिनापछि धरौटी बुझाएर छुटे बालकृष्ण खाण

काठमाडाै- नेपाली काग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि धरौटी वुझाएर रिहा भएका छन् । खाण शुक्रवार जिल्ला अदालत काठमाडौमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी वुझाएर रिहा भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौको आदेशले थुनामा रहेका खाण विहिबार उच्च अदालत पाटनको आदेशपछि रिहा भएका हुन् । 
उच्चले धरौटी माग गरेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार पेश गरिएको थियो । सम्पत्ति शुद्धीकरणले धरौटी माग ग¥र्यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन वोलाएको दिन आउने गरि रिहा भएका हुन् । 
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने  कार्य गरेको अभियोगमा अनुसन्धानका लागि  खाँण   वैशाख २७ गते आफ्नै निवासवाट मा पक्राउ परेका थिए । 
उनीसगै थुनामा रहेकामध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जना भने पूर्पक्षका लागि थुनामै छन् । धरौटी माग भएका केही प्रतिवादीहरु मंसिरको दोस्रो साता नै छुटेका थिए । खाणको हकमा रायवाझी भएपछि थुनामै रहेका थिए । उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलका विचमा रायवाझीएको थियो ।  
न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गरेका थिए भने न्यायाधीश प्रकाश खरेल  थुनामै राख्नुपर्ने राय दिएका थिए ।  बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update