Public Pana
काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको कदम महत्वपूर्ण  बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।


२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।


उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए।

मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।


उनले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्। काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्। तिमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्। महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस्। साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ।’


मेयर शाहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update