Public Pana
सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी

उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेको छ ।

श्रीराम टोवागो उद्योगले हालेको रिटमा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटमाथी अन्तिम टुंगो नलगेसम्म कामाठण्डौं महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

रिट निवेदकको माग अनुसार कानुन बमोजिम संचालनमा रहेका उद्योगहरुमा महानगरको सुर्तीजन्य पदार्थमा रोक लगाउने निर्णयले व्यवसायमै गम्भीर असर परि अपुरणिय क्षेति पुग्ने देखिएकाले महानगरको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भनिएको आदेशमा उल्लेख छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update