Public Pana
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।


केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ ।

घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।


ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ ।

केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update