Public Pana
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते 

नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।


आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।


केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ ।


केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।


फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update