Public Pana
समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले बैठकमा सरकारको समीक्षा, पार्टी रूपान्तरण अभियानको अहिलेसम्मको प्रगति, राष्ट्रियसभा निर्वाचनलगायतको विषयमा छलफल हुने उनले बताए ।

साथै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नको लागि एकता संयोजन समिति गठनबारे पनि छलफल हुने जनाइएको छ । माओवादीले भदौ १६ देखि थालेको रूपान्तरण अभियान पनि पुस १६ गते सकिँदैछ।


यता, प्रधानमन्त्री ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेलले यही बैठकमा आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।


उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update