Public Pana
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा

चिकित्सा शिक्षा सुधारको माग गर्दै  डा. गोविन्द केसीले आजदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।

डा. केसीको आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा ठुलो क्षति पुगेको कतिपयले स्वास्थ्य व्यवसायीले दावी गरिहरको बेला डा. केसीले आफ्ना मागको पुर्ण कार्यान्वयनमा दवाव दिन फेरी आन्दोलनको तयारी गरेका छन् ।

यसपटकको आन्दोलनमा डा. केसीले शसस्त्र द्वन्दकालमा भएका अपराधमा संलग्नलाई कारवाहीको माग समेत अघि सारेका छन् ।

 बिशुद्ध शिक्षा र स्वास्थ्य क्षेत्रको विकृतिवारे माग उठाउनुपर्नेमा डा. केसीले यसपटक राजनीतिक माग समेत अघि सारेका छन् । 

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् ।

त्यस्तै सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्‍चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने उनको माग छ ।

उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरू कार्यान्वयन नभएकाले सत्याग्रह बस्नु परेको दावी गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update