Public Pana
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न तोकिएको समय आज सकिँदै छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाकारी दिएको छ ।


आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दल मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन सक्ने छन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । उक्त रिक्त पदका लागि माघ ११ गते १९ पदमा निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

यसअघि नै एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत, नेमकिपा, जसपा, लोकपा नाउपा लगायतले दल दर्ताको निवेदन दिएका छन् ।

नेपाली कांंग्रेसले भने आज मात्र दल दर्ता गर्ने तयारी गरेको छ । रास्वपाले पनि दल दर्ता गर्न बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update