Public Pana
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज 

प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ । 

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा हालसम्म दश वटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ ।

जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update