Public Pana
धरौटी माग भएपनि पूर्व गृहमन्त्री खाण  नछुट्ने , शुद्धीकरण र अख्तियार पेश गर्ने तयारी 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौको आदेशले पूर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको धरौटी माग गर्ने फाइल जिल्ला अदालत पठाइने भएको छ।

उच्च अदालतको आदेशसहित कारगारले खाणलाई ३० लाख धरौटीमा रिहा गर्नु भनि गरेको आदेश कार्यान्वयनका लागि फाइल जिल्ला अदालत काठमाडौ पठाउने लागेको हो । विहिबार उच्च अदालतले ३० लाख धरौटी माग गर्ने आदेश सदर गरेको थियो । 


त्यस्तै पूर्वगृहमन्त्री खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आजै बुझाउने तयारी गरेको छ।  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि दुई निकायमा बयान बाँकी रहेकाले वुझाउन लागिएको हो । 


 शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुनुपर्ने भएपनि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराउने तयारी प्रहरीले गरेको  केन्द्रीय कारागारका जेलर मित्रलाल लुइँटेल बताए । 


भुटानी शरणार्थी बनाइर  अमेरिका पठाउने भन्दै रकम असुल गरेको र त्यसको स्रोत नखुलेकाले सम्पत्ति शुद्धीकरण र गृहमन्त्रीको रुपमा पदको दुरुपयोग गरि घुस लेनदेन गरेको अभियोगमा अख्तियारले अनुसन्धान गरिरहेकाले  खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।


उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश सदर गरेपछि उनी छुट्ने तयारी गरिरहेका छन् । 
कारागार प्रशासनमा निवेदन दिएपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिने कारागारले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update