Public Pana
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

उच्च अदालत पाटनले शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलाई धरौटीमा रिहा गरेको छ । अदालतले खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै न्यायधीश जनक पाण्डेले व्यक्त गरेको रायमा सहमति जनाएको हो ।

उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो । जिल्ला अदालतले उनलाई मुद्धाको पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।

अव पुर्व गृहमन्त्री खाँडले ३० लाख बुझाएर बाहिर बसेर मुद्धाको पुर्पक्ष गर्नेछन् । खाँडविरुद्धको मुद्धामा उनले अन्तिम सफाई नपाएसम्म भने राजनीति भने गर्न पाउने छैनन । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update