Public Pana
एमाले अध्यक्ष ओलीमाथी हातपात गर्नेको पहिचान खुल्यो

धनकुटाको लेगुवमा एमाले अध्यक्ष केपी ओलीलाई माला दिने बहानामा हातपात गर्न खोज्ने क्रममा पक्राउ परेकाको पहिचान खुलेको छ ।

भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाट स्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हात पात गर्न खोज्ने व्यक्ती महेश राई भएको प्रहरीले जनाएको छ ।

एमालेका नेता कार्यकर्ता र सर्वसाधारणसँगै लाइनमा बसेका ती व्यक्तिले माला दिने बहानामा उफ्रिएर अध्यक्ष ओलीलाई हात हाल्न खोजेका थिए ।

उनी उफ्रने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । 
सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोख्रेललेले पक्राउ परेका राईले मादक पदार्थ खाएको पाइएको बताए ।

उनले भने स्थानीय जँड्याहा जस्तो देखिन्छ । हामी यस विषयमा अनुसन्धान गरिरहेका र्छौ  राईका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update