Public Pana
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण

धनकुटामा ओलीमाथि हातपात काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाको लेगुवामा हातपात भएको छ। बिहीबार एक व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्।

झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा धनकुटा पुगेका ओलीलाई स्वागत भइरहेको थियो।

फूलमाला र अविरले स्वागत भइरहेको लाइनमै बसेका एक व्यक्तिले ओलीलाई हातले हानेको भिडिओमा देख्न सकिन्छ। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update