Public Pana
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे

पूर्वमिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक सम्भव सिरोहिया विवाह बन्धनमा बाधिएका छन् । 

काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो । 
शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा उनी अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । 
विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्तजनहरुको सहभागिता छ । दुई वर्षदेखिको प्रेम सम्बन्धपछि शृंखला र सम्भवको विवाह भएको हो । बिहेको फोटो सामाजिक संजालमा भाइरल भइरहेका बेला कतिपयले आफ्ना कर्मचारीलाई तलव नदिएर कैलाश सिरोहियाले छोराको बिहे पाँच तारे होटलमा गरेको भन्दै आलोचान गरेका छन् । कान्तिपुर पव्लिकेसनमा थुप्रै कर्मचारीले आफुहरुलाई व्यवस्थापनले जागिरबाट निकाले र आफुले पाउने पर्ने सेवा सुविधा नदिएको भन्दै पुर्नवहालीको मागसहित केही महिनायता चरणबद्ध आन्दोलन गर्र्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update