Public Pana
एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा !

एम्बुलेन्सवाट थुतेर हत्या गरिएका शशस्त्र प्रहरी बलका सहायक निरिक्षक थमन विकको हत्या सम्वन्धी मुद्दामा अन्तिम वहस सकिएको छ। जिल्ला अदालत महोत्तरमिा केही दिनदेखि वहस चलिरहेका थियो । जिल्ला अदालतकी श्रेष्तेदार नूतन झाका अनुसार निवेदक,सरकारी बकिल र जवाफी वहस सकिएको छ। 
‘बहस सकिएको छ। निवेदक,सरकारी बकिल र जवाफी वहस समेत पछि फैसला आउला ’ झाले भनिन् ‘श्रीमानहरु छलफलमा हुनुहुन्छ । सम्भवत त आजै फैसला आउन सक्छ । ’ 
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा मुद्दा पेशी परेको थियो । उक्त मुद्दामा नेकपा एमालेका निलम्वित सांसद लक्ष्मी महत्तो कोइरीसमेत संलग्न भएको अभियोगपत्रमा दावी गरिएको छ ।  नेपाल सरकारको जाहेरीले जिल्ला अदालतमा कर्तब्य ज्यान र आगो लगाएको दुई मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो । जिल्ला अदालतमा २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर भएको थियो । 
मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असइ  विकको हत्या भएको थियो । 
सो हत्याको आरोपमा  निलम्वित सांसद कोइरी, अभिराम शर्मा, कौशल कुमार यादव, राम शंकर मिश्र लगायतका २८ जना प्रतिबादी रहेका छन् । ती मध्ये जलेश्वर कारागारमा प्रदिप साह, सन्जय साह र पवन कापर लगायत पूर्पक्षको आदेशम थुनामा छन् । तर कोइरी भने जिल्लावाट धरौटीमा छुटेका थिए । तर उच्चले उल्टाएपनि उनी फरार रहदै आएका छन् । 
विकको  ०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरेर गम्भीर घाइते उनलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट पनि थुतेर हत्या गरिएको थियो।   हत्यालगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।  तर हत्याको आरोप लागेका कोइरलाई नेकपा एमालेले जनता समाजवादीवाट पार्टी प्रवेश गराउदै टिकट दिएको थियो । नेकपा एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए। 
उनले पुस ७ गते सांसदको शपथ खाए। केही समय संसद्मा उपस्थित पनि भए। तर, प्रहरीले पक्राउ गरेन।  
नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनलाई लागेको हत्या अभियोगबारे प्रतिनिधिसभालाई लिखित जानकारी गराएको थियो। त्यस दिन उनले दिउँसो १ बजे शपथ लिएका थिए भने दिउँसो २ बजे प्रहरीको पत्र संसद्मा पुगेको थियो। 
तर कोइरी फरार रहेको पत्र संसद् सचिवालमा पठाएपछि गएको वैशाख १९ गतेदेखि उनी निलम्बित भएका थिए । 
कसरी भयो   घटना? 
२०७२ सालको मधेश आन्दोलनका बेला मधेशी जनाधिकार फोरममा महोत्तरीका नेतृत्वमा लक्ष्मी महत्तो कोइरी थिए । 
२०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको बीभत्स हत्या भयो। झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धानखेतमा लखेटीलखेटी हत्या गरियो । 
उनको हत्याको नेतृत्व कोइरीले नै गरेको अभियोगपत्रमा दावी गरिएको छ। 
उनीसहित २८ जनालाई हत्याको संलग्नता भएको अभियोगपत्रमा दावी छ। 
तर उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दियो । यो आदेश लगत्तै उनी फरार भए । सरकारले जिल्लाको आदेश बदर हुुनुपर्ने माग गर्र्दै उच्च अदालत जनकपुरमा निवेदन दियो  । उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गतेको आदेशले उल्टायो र थुनाम राख्न भन्यो तर उनी फरार नै रहे । उनले जसपावाट राजनीतिक भविष्य नदेखेपछि एमाले प्रवेश गरे अनि टिकट पाउदै उम्मेबार समेत अनि जित हात पनि पारे । 

पार्टी बदलेर महोत्तरी–१ मा उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचारप्रसारमा पनि सहभागी भएका थिएनन्। 
उनले माओवादी केन्द्रका  उम्मेदबार गिरिराजमणी पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भए । 
मतगणना र विजयी घोषणासभामा पनि कोइरी देखा परेनन्। उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update