Public Pana
किन बाेलाए प्रधानमन्त्री प्रचण्डले एक्कासी मन्त्री र सचिवहरुलाई सिहदबार

काठमाडौ–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम समिक्षा गर्नका लागि काठमाडौमा रहेका सवै मन्त्री र सचिवहरुलाई वैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको चौमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन्।  
बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरुको समिक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ। त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको तर बजारमा किन महशुस हुन सकेको छैन । वजारमा पैसाको फ्लो हुन वढेन र राजश्व संकलन किन वृद्धी भएन भनि अर्थ मन्त्रालयसँग प्रधानमन्त्रीले निरन्तर चासो राख्दै आएका छन् । त्यस्तै सरकारको काम किन प्रभावकारी हुन सकेको छैन । जनताले किन आलोचना गरिरहेका छन् त्यस बारेपनि समीक्षा हुने सचिवलायले जनाएको छ। 
सरकारमा बसेर राम्रा काम गर्ने वाचा गरेको तर जनतामा किन उत्साह देखिएको छैन भनि प्रधानमन्त्रीले मन्त्रीहरुलाई सोध्ने तयारी गरेका छन् । समिक्षा वैठकले आगामी दिनमा कसरी अघि वढ्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले निर्देशन दिने वुझिएको छ।  
समीक्षा बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले ३ वजे मन्त्रीपरिषदको  वैठक बोलाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update