Public Pana
बालकृष्ण खाणकाे  मुद्दा  न्यायाधीश कोइरालाको इजलासमा पेशी 

काठमाडाै-  पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा पेशी तोकिएको छ। गोलाप्रथाद्धारा तोकिएको पेशी कोइरालाको इजलासमा परेको हो । 
कोइरालाको दुई वटा एकल पेशी रहेको छ।  पहिलो पेशी चार वटा मुद्दा रहेका थिए भने अर्कोमा खाणको मात्र मुद्दा रहेको छ।  
नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री  खाँणले  जिल्ला अदालत काठमाडौको थुनामा पठाउने आदेश विरुद्ध दिएको वेरितको  निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने लागेको हो । 
यसअघि संयुक्त इजलासले यो प्रकरणमा जोडिएकाहरुको मुद्दा टुङ्गो लगाएपछि खाणको हकमा राय वाझिदाँ वाँकी रहेको थियो । दुई न्यायाधीशका विचमा धरौटीमा रिहा गर्ने विषयमा रायवाझीको थियो ।  दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेसी तोकिएको हो ।  
आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।  धरौटीमा रिहा गर्नेमा सर्मथन गरे उनी छुट्छन भने थुनामै राख्नेमा सहमत भएमा थुनामै रहन्छन् । यदि   यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update