Public Pana
सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय गर्न मन्त्रीपरिषद बैठक आज बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक आज बिहीबार  दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो ।

पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ । अघिल्लो बैठक बिहीवार बसेको थियो भने त्यसको ठिक एक हप्ता पनि आज बस्दै छ ।

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ ।

आजको बैठकले परराष्ट्र मन्त्रालयको सचिव नियुक्तिको निर्णय पनि गर्दै छ ।

यससँगै अन्य केही सचिवहरूको सरुवा तथा पदस्थापन हुने चर्चा कायमै रहे पनि अहिले नै भन्न सक्ने अवस्था भने छैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update