Public Pana
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं

काठमाडाै- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेतामा शेखर कोइरालालाई बनाउन लाग्नुपर्ने बताएका छन्। 

बुधबार शेखर–गगन पक्षको भेलामा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका हुन्। 

उनले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सिंगो पार्टीको सभापति नभएर एक समूहको मात्र देखिएको हुनाले न्यायपूर्ण व्यवहारका लागि संसदीय दलको नेता परिवर्तनका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

 

उनले चुनावमा टिक बाँड्दा होस यार सरकारमा सहभागिता गराउँदा देउवाले आफ्नो समूहलाई मात्र हेर्ने र महाधिवेशनमा आफूलाई मत नहालेकाहरुलाई पन्छाउने गरेको आरोपसमेत लगाए। 

उनले भने, ‘सभापितले सिंगो पार्टीको नेता भएर सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्नेमा सभापति आफैं एउटा समूहको संरक्षक जस्तो मात्र भएको देखियो’, उनले भने, ‘आफ्नो समूहमा जो छ त्यसलाई एउटा व्यवहार, तर समूहमा जो छैन, अर्थात जसले महाधिवशेनमा भोट दिएन, त्यसलाई अर्को व्यवहार भयो।’

 

उनले यसपटकको राष्ट्रिय सभा चुनावमा कुनै समूह भन्दा पनि पार्टीमा त्याग गरेका तर मौका नपाएकालाई अवसर दिनुपर्ने बताए। टिकट वितरण गर्दा यसपटक देउवा सिंगो पार्टीको सभापति बन्छन् कि आफ्नो समूहको मात्र त्यो हेरिने नेता थापाकको भनाइ छ। 

यस्तै महासमिति बैठकमा पार्टी भित्रै लडेर जाने विषयमा पनि छलफल भएको उनको भनाइ

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update