Public Pana
 ५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा 

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ । 


हिजो बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो । 

बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका पाँच सय १३ जनाको नाम सार्वजनिक गरेको छ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update