Public Pana
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा

ल्याब जाँचको लागि रिएजेन्ट तथा किट अभाव हुँदा वीर अस्पतालको सेवा प्रभावित भएको छ । 

किट अभाव भएपछि वीर अस्पतालमा आएका बिरामीलाई ल्याब जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।

जसका कारण ट्रमा सेन्टरमा हिजोदेखि अहिले विहानै ल्याब जाँच गर्नेको भिड देखिन्छ ।


वीरबाट बिरामीहरू ल्याब जाँचका लागि आएकाले दिनभर प्रेसरमा काम गर्नु परेको ट्रमाका नवराज गौतमले बताए ।

उनका अनुसार वीर अस्पतालमा किटको अभाव भएपछि बिरामीहरूलाई ट्रमामा पठाइएको हो ।

प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।

यसैगरी, वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको पनि अभाव भएको चर्चा चलेको छ ।

तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले टिकट र भर्ना कागज अभाव नभएको दाबी गरे । उनले भने, ‘अस्पतालमा सामान सकिएको मलाई थाहा छैन, तपाईँलाई कसरी थाहा हुन्छ ? बिचौलियाको हल्लाको पछि नलाग्नुस्, वीरमा सेवा बन्द हुँदैन ।’

बिचौलियाले चलखेल गर्न अफवाह फैलाएको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update