Public Pana
मौसम :  केही स्थानमा हुस्सु तथा कुहिरो र कतै हिमपात 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज विहिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।

यस्तै, राती देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।


काठमाडौँ उपत्यकाको अहिले बिहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेट र सूर्यास्त ५ बजेर १० मिनेटमा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update