Public Pana
श्रीदेवीकी छोरी र सैफ अलीका छोराको जोडी देखिँदै

श्रीदेवीकी छोरी खुसी कपुर र सैफ अली खानका छोरा इब्राहिम अली खान एकसाथ काम गर्ने भएका छन् ।

करण जोहरको आगामी फिल्ममा यी दुवै स्टार किड्स मुख्य भूमिकामा देखिन लागेका हुन् ।

७ डिसेम्बरबाट नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट खुसीले डेब्यू गरिसकेकी छिन्। इब्राहिमले पनि करणकै धर्मा प्रोडक्सनबाट बन्न लागेको फिल्म ‘सरजमीन’ बाट डेब्यू गर्नेछन्।

इब्राहिम र खुसीका लागि यो दोस्रो प्रोजेक्ट हो। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्ममा शोना गौतमको निर्देशन रहनेछ। हाल प्रि प्रोडक्सन चलिरहेको यो फिल्मको प्रदर्शन ओटीटी प्लेटफर्ममा रिलिज समेत बताइएको छ।

यसअघि सोनाले करणकै ‘रकी और रानी की प्रेम कहानी’ मा करण जोहरसँग एसोसिएट निर्देशकको रूपमा काम गरेकी थिइन्। सोही प्रोजेक्टमा इब्राहिम अली खान सहायक निर्देशक थिए।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update