Public Pana
अचानक शङ्कास्पद व्यक्ति छिरे :  संसद बैठक अवरुद्ध

भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला दर्शक दीर्घाबाट एक शङ्कास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसद कारबाही अवरुद्ध भएको छ ।


भिडिओमा देखिए अनुसार एक जना व्यक्ति सांसदको बीचबाट माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ । शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ ।

पश्चिम बङ्गालका बीजेकी सांसद खानेन मुर्मू बोलिरहेका बेला अचानक संसदमा होहल्ला भएको थियो ।


शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो ।

सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हङ्गामा मच्चाएका छन् ।

लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update