Public Pana
नेप्सेमा २.६ अंकको सुधार 

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.६ अंकले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १३ प्रतिशत धेरै हो । 

कारोबार भएका २९२ कम्पनीका ८१ हजार ४५१ कारोबारबाट ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बराबरका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार शेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ ।

दिउँसो १२ः११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।

विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।

बुधबार बैंकिङ ४, विकास बैंक ४४, फाइनान्स ६, जलविद्युत् ९, उत्पादन ४२, माइक्रोफाइनान्स २९, अन्य ५ अंक बढे । निर्जीवन बीमा १४४, व्यापार २, जीवन बीमा १२९, निर्जीवन बीमा १४४ र होटल तथा पर्यटन उपसमूह ८९ अंक घटे ।

बोटलर्स नेपाल (बालाजु)को मूल्य १० प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो ।

मानुसी लघुवित्तको ९.७, दोल्ती पावरको ८.९ तथा एक्सल डेभलपमेन्ट बैंकको ७.७ प्रतिशत मूल्य बढ्यो ।

कुथेली बुकरी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत घट्यो । सुपर माइ हाइड्रोपावरको ५, सानिमा जीआईसीको ४.४, इमर्जिङ नेपालको ४.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, अरुण काबेली पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update