Public Pana
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलले दुनियाभरबाट समर्थन गुमाउँदै गएको बताएका छन् ।


गाजामा अन्धाधुन्ध बमबारी गरिरहेका कारण इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको बाइडेनको भनाइ छ । 


आज मंगलबार एक फन्ड रेजिङ कार्यक्रममा बाइडेनले यस्तो टिप्पणी गरेका हुन्। जसलाई अमेरिकाको तर्फबाट इसरायलका सन्दर्भमा गरिएको अहिले सम्मकै सबैभन्दा कडा आलोचनाका रुपाम हेरिएको छ । 


गत अक्टुबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको हमलापछि अमेरिकाले खुलेरै इजरायलको समर्थन गर्दै आएको थियो। यद्यपि राष्ट्रपति बाइडेनले अहिले पनि अमेरिका इजरायलको पक्षमा रहेको बताए । 


तर, इजरायललाई सचेत गराउने भाषामा बाइडेनले भने, ‘इसराइलको साथमा अमेरिका उभिएको छ। अहिले उसँग अमेरिका अलवा अरु पनि छ। उसँग युरोपेली संघ छ, युरोप छ, उसको साथमा विश्वको अधिकांश हिस्सा छ। तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले समर्थन गुमाइरहेको छ।’


हमासमाथि कारबाही गर्ने विषयलाई लिएर कुनै प्रश्न नभएको बाइडेनको भनाइ छ। ‘हमासमाथि कारबाही गर्ने आवश्यकतालाई लिएर कुनै प्रश्न छैन। र इसराइललाई यस्तो कारबाही गर्ने अधिकार पनि छ,’ बाइडेनले भने। 


पछिल्ला दिनहरुमा अमरेकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ आग्रह गर्दै आएको छ। गाजाका बासिन्दालाई जारी संघर्षबाट बचाउनका लागि स्पष्ट निर्देश दिन पनि अमेरिकाले भन्दै आएको छ। 


विश्वका अन्य कयौं देश, संयुक्त राष्ट्रसंघ र मानवाधिकारसँग सम्बन्धित संस्थाहरुले गाजामा इसरायलले गरिरहेको बमबारीको कडा आलोचना गर्दै आएका छन्। 


७ अक्टुबरभन्दा पछि इजरायलले गरेको बमबारीका कारण गाजा क्षेत्रमा १८ हजार ४०० बढी मानिसहरु मारिएका छन्। अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार २०० जना मारिएका थिए। 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update