Public Pana
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित

अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रमा तत्काल सुधार नहुने भनेसँगै आजको शेयर बजार ओरालो लाग्ने संकेत देखिइको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै शेयर लगानीमा केही खुकुलो पारेपछि उकालो लागेर ब्रेक गर्नुपरेको बजारमा आज बुधबार अर्थमन्त्री महतले सञ्चारकर्मीहरुसँग रातारात नेपालको अर्थतन्त्रमा सुधार नहुने संकेत गरेसँगै शेयर बजारमा तातिएका लगानीकर्तामा निराश फैलिएको छ । 


अधिकांश लगानीकर्ताले बिक्रिका लागि लागिपरेकाले पनि शेयर बजारमा सुधार नहुने शेयर जानकार बताउँछन् ।


नेपालको शेयर बजारको इतिहासमा ७  वर्ष अघि २०७३ साउन १२ गते नेप्से उकालो लाग्दै इतिहास रचेको थियो । त्यस्तै गत आइतबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेकोमा आजको दिनदेशी शेयर बजारमा सुधार नभएर  घटेको घट्यै हुने अर्थमन्त्री महतको भनाइले प्रष्ट पार्छ ।


यो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शेयर लगानीकर्ता खुसी नभएको अवस्थामा अर्थमन्त्री महतले संसदमा बजेट भाषण पनि शेयर बजारको नाममात्र व्यक्त गर्नु तर शेयर बजारमा खुकुलो पन नदेखाउनुले पनि शेयर लगानीकर्ता निराश रहे । 


आज बुधबार अर्थमन्त्री महतले भने ‘सरकारको ढुकुटीमा चाप छ। बाह्य ऋण र खर्च व्यवस्थापनका कारण चाप देखिएको हो’, उनले थपे, ‘मौद्रिक नीति संशोधनका लागि पहल गरिएको छ। अब आर्थिक अवस्था सुधार गर्न खोजिएको छ ।’ 


महतले राजस्वको अवस्थामा पनि सुधारोन्मुख रहेको बताउँदै ब्याजदर कम हुँदै जाने देखिएको उल्लेख गरे । 
‘समग्रमा आर्थिक अवस्था सुधार भइरहेको छ। रातारात हुने कुरा त होइन। विस्तारै सुधार भइरहेको छ’, उनले भने, ‘हामीमाझ संरचनात्मक समस्या भने छन् ।’


महतले बजेट खर्चमा समस्या रहेको स्वीकारे। ‘आर्थिक वृद्धि  हने क्षेत्रमा  लगानीमा बढाइने छ’, उनले भने, ‘त्यसमा जलविद्युत् र आईटी क्षेत्र हुन्। कृषिको विकासमा पनि जोड दिइरहेका छौँ ।’


देशमा सबै कुरा सकारात्मक हुँदाहुँदै पनि बजार किन यसरी निरन्तर ओरालो लागिरहेको छ भनेर बुझ्नलाई अर्थमन्त्रीले विद्युत् र आईटीलाईमात्र प्राथमिकतामा राख्दा शेयरमा असर पर्ने निश्चित छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update