Public Pana
संसद्का महासचिवको राजीनामा र नियुक्ती  ‘अध्ययन गर्दै’ राष्ट्रपति पाैडेल

काठमाडाै- सघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार राजीनामा दिए । राष्ट्रपति कार्यालयका अनुसार ‘घरायसी’ कारण देखाएर गौतमले दिएको राजीनामा माथि अध्ययन भइरहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार तीन कोणबाट महासचिव गौतमको राजीनामा र नयाँ सिफारिसमाथि अध्ययन भइराखेको हो । 

 

 

 एउटा महासचिवको राजीनामा स्वीकृत नहुँदै अर्को व्यक्तिलाई सोही पदमा नियुक्तिका लागि सिफारिस गर्न मिल्छ या मिल्दैन ?

दोस्रो : राष्ट्रिय सभाको चुनावको मिति तोकिइसकेको र आफ्नो पदावधि सकिनै लागेका राष्ट्रिय सभाका अध्यक्षले पाँच वर्षको लागि नियुक्त हुने महासचिव पदमा सिफारिसको निर्णय लिनुको कानुनी र नैतिक आधार कति बलियो छ ? 

 विगतको अभ्यास र नजिर के छ ?

 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव गौतमले गत आइतबार राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार मंगलबार साँझसम्म महासचिव गौतमले दिएको राजीनामा स्वीकृत भएको छैन ।

राजीनामा स्वीकृत नहुँदै अर्को महासचिवको नियुक्तिका लागि सिफारिस पुगिसकेको छ ।

आइतबार साँझ महासचिव गौतमले राजीनामा दिएका थिए । सोमबार बिहानै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ महासचिवमा प्रतिनिधिसभाका सचिव पदमा बहाल पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गर्ने निर्णय लिएका थिए ।

महासचिवबाट राजीनामा दिएका भरतराज गौतम (दायाँ) र नयाँ महासचिवमा सिफारिस भएका पद्‍मप्रसाद पाण्डेय ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार उनी र सभामुख घिमिरे आफैं नयाँ महासचिवको नियुक्तिको सिफारिसको पत्र लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । राजीनामा दिएपछि पद रिक्त भएको र रिक्त पदमा संविधान अनुसार नयाँ नियुक्तिको सिफारिस लिएर गएको अध्यक्ष तिमिल्सिना बताउँछन् ।

संसद्का महासचिवको नियुक्तिको सिफारिस गर्ने संवैधानिक अधिकार भने सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई छ । संविधानको धारा १०६ मा संघीय संसद्को महासचिव र सचिव सम्बन्धी व्यवस्था छ । जहाँ राष्ट्रपतिले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव नियुक्त गर्ने भनिएको छ ।

संसद्‍मा महासचिवको पद रिक्त हुने सम्बन्धी व्यवस्था संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाको सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनको दफा ६ मा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update