राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन् ।
उनले आयल निगम बोर्डमा आज मंगलबार राजीनामा बुझाएका हुन् ।
थानीले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको निगमले जनाएको छ ।
निगमको अध्यक्षमा वाणिज्य सचिव हुने व्यवस्था छ ।
थानी निगममा आउनुअघि नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १६:५१
प्रतिक्रिया दिनुहोस्