Public Pana
राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास होला?

राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । 

राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्ने क्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । 

यसअघि बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्ने गरी स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update