Public Pana
‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ले पाउने भए ४ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार

२०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।


आज मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।


पुरस्कार रकम ४ लाख २ हजार २ रुपैयाँ रहेको छ। प्रगति राईले लामो समयदेखि महिलाका लागि वंश अधिकार र पहिचानबारे कलम चलाउँदै आएकी छन्। 


उनले लेखेको कृतिथाङ्ग्रामा जातीय छुवाछुत, महिलाका लागि वंश अधिकार र पहिचानको आवाज उठाएकी छन्। 
उन्मुक्त पुस्ता आन्दोलनका अभियान्तमध्ये एक हुन् प्रकाश गुरागाईं।

उनले पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई एकसाथ अघि बढाइरहेका छन्। 


जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यिक इतिहासबारे बोलेको छ।

आफ्नो कृतिमा उनले त्यसबेलाको राजनीतिक इतिहासबारे पनि चर्चा गरेका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update