Public Pana
वीरगन्जमा मेयर–उपमेयर विवाद :  प्रहरी परिचालन

वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरबीचको विवाद चर्किएपछि कार्यालयमै झडप भएको छ ।

आज मंगलबार पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो । 
विवाद बढ्दै गएपछि महानगरपालिका कार्यालयमा मेयर र उपेमयर दुवै पक्षका समर्थकहरू भेला भएका थिए ।

समर्थकबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको छ । 


प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनपर्ने उपमेयर इम्तियाज आलमले बताएका थिए । 


तर, सो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने तयारी गरेपछि केहीबेर विवाद भएको प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले जानकारी दिए । 


नवनिर्मित भवनको तेस्रो तल्लामा केही दिन अघि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो।

मेयर सिंहको कार्यालय त्यहाँ सरेपछि खाली भएको सो कोठामा प्रमुख प्रशासकिय अधिकृतको कार्यालय सारिएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update