Public Pana
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप

ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन् । 


आज मंगलबार अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए। 


उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन् । 


त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ईः लगायत प्रदर्शनकारीले बोकेको प्याम्प्लेट च्यातेका छन्। आक्रोशित भएका स्थानीयले ईःमाथि जाइलागेपछि प्रहरीले उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगिएको छ। अहिले पुल्चोकमा सुरक्षाकर्मीहरू खटिएका छन्। 


ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार–लगनखेल क्षेत्र ’फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो। फुटपाथ व्यवसायीहरू बढेको भन्दै महानगरले उक्त क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो। 


त्यसरी निषेधित क्षेत्र तोकेपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update